विश्वको सबैभन्दा धनी गाउँ, जहाँ हरेक व्यक्तिको बैंकखातामा छ एक करोड रुपैयाँ !

जनपत्र
१५ आश्विन २०८०, सोमबार ०६:०३

संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा धेरै कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ जसको बारेमा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ । गाउँको नाम सुन्नेबित्तिकै गाउँका कच्चा सडक, कच्चा घर, खेतबारीकाे कल्पना गरिन्छ ।

तर अहिले गाउँको अवस्थामा धेरै सुधार भएको छ र ठूलो परिवर्तन देखिएको छ । तर संसारमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरु लाखौं कमाउँछन् र उनीहरुसँग आलिशान घर छ । यो गाउँले ठूला सहरलाई पनि पछि पारेको छ । यो संसारकै धनी गाउँ मानिन्छ ।

यो गाउँ चीनको जिआङ्सु राज्यमा अवस्थित छ, जसको नाम वाक्षी हो। यो गाउँलाई चीनको सबैभन्दा धनी गाउँ भनिन्छ। यस गाउँका मानिसको जीवनशैलीले सहरमा बस्ने ठूला-ठूला व्यक्तिहरूलाई पछाडि छोडेको बताइन्छ।

चीनको यो गाउँमा कुनै पनि देशको राजधानीजस्तै सुविधा पाउन सकिन्छ । यो थाहा पाएर तपाईँलाई पत्यार नलाग्न सक्छ तर यो एकदमै सत्य हो । यो गाउँको सुविधा देखेर मानिसहरू यसलाई सुपर गाउँ पनि भन्ने गर्छन्। यस गाउँमा ७२ तलाको गगनचुम्बी भवन छ । यससँगै हेलिकाेप्टर ट्याक्सी, थिम पार्क र लक्जरी भिला पनि छन् ।

मिडिया रिपोर्टका अनुसार यस गाउँका २ हजार बासिन्दामध्ये प्रत्येक व्यक्तिसँग १ करोड १० लाख रुपैयाँभन्दा बढी छ । यहाँ सबैजना भिलामा बस्छन् र सबैसँग लक्जरी कारहरू छन्। यो गाउँमा करिब दुई हजार मानिस बस्छन् । यहाँका मानिसहरु विलासी जीवनशैली बिताइरहेका छन् ।

चीनको वाक्सी गाउँमा स्टिलका ठूला कम्पनीहरू छन्, गाउँका अधिकांश घरहरू समान रूपमा बनेका छन्। यी विलासी घरहरू कुनै होटलभन्दा कम देखिँदैनन्। यस गाउँका सडकहरूले मानिसहरूलाई आकर्षित बनाएका छन् । पहिले यो गाउँ गरिब थियो । यस गाउँलाई सफलताको शिखरमा पुर्‍याउने श्रेय कम्युनिष्ट पार्टीका स्थानीय सचिव वु राइनाबोलाई दिइन्छ ।

चीनको वाक्सी गाउँ कृषि प्रधान देश हो, तर किसानहरूको विचारले यसलाई विश्वको धनी गाउँहरूमध्ये एक बनायो। मिडिया रिपोर्टका अनुसार यी गाउँहरू ६० को दशकमा बसोबास गरिएको थियो। यहाँ सबैले सामूहिक खेती गर्न थाले । गाउँमा फलाम तथा स्टिल उद्योग पनि स्थापना भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*