९२६ जनाले सवा ३ घण्टा ताली बजाएर विश्व कीर्तिमान
सोसल मिडियामा एउटा भिडियो निकै भाइरल बनिरहेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु एकसाथ ताली बजाइरहेका छन् । वास्तवमा त्यो भीडले बजाएको ताली सामान्य ताली होइन, किनकि त्यसले विश्व कीर्तिमान कायम गरेको छ ।
युगान्डाको एक क्रिस्चियन संस्थाले त्यसरी ताली बजाएर कीर्तिमान कायम गरेको हो । उक्त संस्थाको नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर रेकर्ड कायम गे ।
राजधानी कम्पालाको एएमए मल्टीपर्पोज हलमा यशुका लागि ताली बजाउने सो कार्यक्रममा थियो ।
त्यहाँ उनीहरुले लगातार ३१६ मिनेटसम्म ताली बजाए । सयौं जनाले एकसाथ ताली बजाउँदा आवाजको तीव्रता ८८.५ डेसिबल पुगेको थियो किनकि कीर्तिमान कायम गर्नका लागि आवाजलाई पनि केही चर्को बनाउनुपर्ने थियो ।
गिनिज वर्ल्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा उक्त कार्यक्रमको भिडियो राखेको छ ।
यसअघि सबैभन्दा पहिले सन् १९९१ मा यस्तो रेकर्ड बनेको थियो । स्पेनी ओपेरा गायक प्लासिडो डोमिंगोको प्रस्तुतिका क्रममा दर्शकहरु खुसी भएर लगातार एक घण्टा २० मिनेटसम्म ताली बजाएका थिए ।
त्यस्तै सन् २००२ मा जर्मन ब्याण्ड ग्रेबोव्स्कीको प्रस्तुतीका क्रममा मानिसहरुले एक घण्टा ३० मिनेटसम्म ताली बजाएका थिए । लगातार ताली बजेपछि ब्याण्डले गीत दोहोराउनु परेको थियो ।
त्यस्तै सन् २०१९ मा दुई घण्टा ५ मिनेट ताली बजाएर कीर्तिमान कायम गरिएको थियो ।







