अचम्म ! विवाह भएको तीन मिनटमै डिभोर्स
विवाह बन्धनमा बाँधिएको तीन मिनेटमै छोडपत्र भयो भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई पनि सुखै छैन ।
हुन त यो घटना नेपालको नभै कुवेतको हो । सञ्चार माध्यमहरुमा जनाइएअनुसार कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै अलग भए, सायद यो नै विश्वको सबैभन्दा छोटो समयमा पारपाचुके गरेको हुनसक्छ ।
समाचारमा उल्लेख भएअनुसार यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएकोसमेत बताइएको छ ।
समाचार साइट डेली मेलमा उल्लेख भएअनुसार अदालतमा भएको विवाहको सम्झौता पत्रमा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी थिईन ।
अदालतमा जाँदै गर्दा बाटोमा बेहुली चिप्लिएको र त्यही समयमा बेहुलाले ‘बेवकुफ’ भन्दै गाली गरेपछि बेहुलीले छोडपत्र गरेकी हुन् ।






