जीउ रङ्ग्याउने अनौठो प्रतियोगिता (तस्वीरसहित)

जनपत्र
१९ भाद्र २०८०, मंगलवार ०७:३९

संसारमा अनेक खालका प्रतियोगिताहरु हुन्छन् । जसमध्ये युरोपेली मुलुक अष्ट्रियामा हुने विश्व बडी पेन्टिंग फेस्टिभल पनि एक हो ।

यो फेस्टिभलका क्रममा ४० भन्दा धेरै देशबाट आएका सहभागीहरुले जीउ तथा अनुहारमा पेन्टिङ गर्ने प्रतिस्पर्धामा भाग लिन्छन् र विजेताले अवार्ड प्राप्त गर्दछन् ।

प्रतियोगीहरुले मेकअप, परावैजनी इफेक्ट्स तथा स्पेसल इफेक्ट्सको साथ आफ्ना उत्कृष्ट कला तयार गर्नका लागि अनुहार तथा शरीरका बाँकी हिस्सालाई क्यानभासको रुपमा रंगाउँछन् ।

यो मेलाले कैयन् कलाप्रेमीहरुलाई विभिन्न प्रदर्शनी, कार्यशाला तथा डेमोमा भाग लिन वा बडी सर्कसमा भाग लिनका लागि समेत मञ्च प्रदान गर्दछ । यो एउटा यस्तो कार्यक्रम हो जहाँ पाहुनाहरुलाई समेत सरीर पेन्ट, मास्क तथा मेकअप लुक्सवाला सबैखाले अनौठा पहिरन लगाउने मौका प्राप्त हुन्छ ।

सन् १९९० को दशकको अन्त्यमा अष्ट्रियाली एलेक्स बेरेन्ड्रेटको नजर सन् १९७० को दशककी जर्मन मोडेल भेरुस्काको फेसन तस्वीरमाथि पर्‍यो, जसमा सिरदेखि पाउसम्म रङले पोतिएको थियो । उनी उत्सुक थिए, तथापि उनको कलाको रुपलाई मानिसहरु सामु ल्याउनमा असफल रहे । त्यसैले सन् १९९८ मा उनले यसलाई युरोपमै पहिलो शरीर पेन्टिङ फेस्टिवलको रुपमा ल्याउने निधो गरे ।

world bodypainting festival अिष्ट्रियाको दक्षिणी सहर क्लागेनर्फटमा आयोजना गरिन्छ । प्रतिस्पर्धीहरु यहाँ ब्रस, स्पन्ज, एयरब्रसिंगको सहायताले प्रतिस्पर्धा गर्दछन् ।

यस कार्यक्रममा एक संगीत मेला, खाना बजार तथा मूख्य प्रतिस्पर्धा सुरु हुनुअघि एक हप्तासम्म कार्यशालाहरु समेत हुन्छन् ।

1970 की तस्वीरें हैं इसकी प्रेरणा

कहां और कैसे मनाया जाता है यह फेस्टिवलसमय के साथ हुए हैं बदलाव

रियलिटी टीवी शो पर भी यह आर्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*