साथीको बिहेको तयारीमा खर्च गरिन् झण्डै ५ लाख, तर बेहुलीले फिर्ता लिइन् निम्तो कार्ड !

जनपत्र
९ भाद्र २०८०, शनिबार ०७:५०

साथीसँगीको बिहे जो कोहीका लागि पनि विशेष हुन्छ । कतिपयलाई आफ्नो साथीको बिहेमा लोकन्ती बन्न पाउनु निकै खुसी तथा गर्वको कुरा हुन्छ । त्यसले सकेसम्म त्यो अवसर गुमाउन चाहँदैनन् कोही पनि ।

आफ्नो बिहेमा लोकन्ती बनेका साथीप्रति बेहुला–बेहुलीको लगाव नै बेग्लै हुन्छ । तर एकजना बेहुलीले भने आफ्नो बिहेमा लोकन्ती बन्नका लागि आएकी एकजना विशेष साथीसामु यस्तो शर्त राखिन् कि त्यो शर्तबाट उनीहरुको मित्रता नै भंग भयो ।

ती महिलाले सोसल साइट रेडिटमा यसबारेमा विस्तृतमा उल्लेख गरेकी छिन् । ती महिलाका अनुसार बेहुली बन्न लागेकी साथीले आफ्नो बिहेको दिनसम्म गर्भधारणको कुनै योजना नबनाउन उनलाई अनुरोध गरेकी थिइन्, ताकि आफ्नो बिहेमा आएकी लोकन्ती बिहेको बेला कत्ति पनि बिरामी नपरुन् भन्ने बेहुलीको चाहना थियो ।

तर त्यो कुराले ती महिलाको चित्त दुख्यो र लोकन्ती नबन्ने निधो गरिन् । त्यसपछि त के चाहियो ! आफ्नो बिहेमा लोकन्ती बन्न अस्विकार गरेकी साथीलाई दिएको बिहेको निमन्त्रणा कार्ड नै बेहुलीले फिर्ता लिइन् ।

ती महिलाका अनुसार उनकी बेहुली साथी निकै महत्वाकांक्षी हुनुका साथै अरुको बारेमा नसोँच्ने खालकी थिइन् । बेहुलीले लोकन्ती बन्न लागेकी साथीलाई आफ्नो बिहेको दिनसम्म गर्भवती नहुन मात्र होइन अरु धेरै शर्तहरु पनि राखिन्, जो निकै बेतुकका जस्ता थिए ।

ती महिलाले त्यतिबेलासम्म साथीको बिहेमा लोकन्ती बन्नका लागि होटल बुकिङ र आतेजाते हवाई टिकट लगायतमा गरी ३ हजार पाउण्ड अर्थात् करीब ५ लाख रुपैयाँ खर्च गरिसकेकी थिइन् । लोकन्ती गर्भवती हुन नहुने बेहुलीको शर्तका कारण उनको निमन्त्रणा कार्ड नै बेहुलीले रद्द गरिदिएपछि ती महिला हिस्स परिन् ।

तथापि आफूले अहिले होटल बुकिङ र हवाई टिकट बुकिङ रद्द गरेर रकम फिर्ता लिइसकेको ती महिलाले बताएकी छिन् । बेहुली साथीले आफू र आफ्नो पतिलाई अपशव्दहरु लेखेर म्यासेज गरेको तर आफूले बहिनीजस्तो मानेर कुनै जवाफ नफर्काएको उनको भनाइ छ । अन्ततः ती बेहुलीले उनलाई आफ्ना सबै सोसल मिडियाबाट अनफ्रेण्ड समेत गरिदिएकी छिन् । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*