महिला विश्व कप : कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै

जनपत्र
९ श्रावण २०८०, मंगलवार ०७:४४

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४–० गोलले, जर्मनीले मोरक्कोलाई ६–० गोलले र इटलीले अर्जेन्टिनालाई १–० गोलले हराएको हो । महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*