चार वर्षदेखि वीर अस्पतालले रेडियोथरापी सेवा लिन आउने बिरामीलाई निजीमा रिफर गर्दै

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०५:१६

वीर अस्पतालमा क्यान्सरका बिरामीलाई आवश्यक पर्ने पुरानो कोबाल्ट रेडियोथेरापी मेसिन बिग्रेर सेवा बन्द भएको चार वर्ष पुगेको छ । दैनिक रेडियोथेरापी सेवा लिन आउने बिरामीलाई उपकरण नहुँदा अन्य निजी अस्पतालमा रिफर गर्ने गरेको छ । अस्पतालले रेडियोथेरापी सेवाको स्थानमा अर्को नयाँ प्रविधिको मेसिन टोमोथेरापी ल्याएको करिब एक वर्ष पुग्न लाग्दासमेत पनि जडान गरेर सञ्चालनमा आउन सकेको छैन् ।

अस्पतालले (कोबल्ड ६०) टोमोथेरापी मेसिन अमेरिकाको एकुरे कम्पनीबाट रु ४७ करोड रुपैयाँमा खरिद गरेर ल्याएको थियो ।  तर अस्पताल प्रशासनले मेसिन राख्ने स्थानमा पुरानो मेसिन भएको त्यो मेसिन हटाउन ढिलो हुँदा जडान गरेर तुरुन्तै सञ्चालन ल्याउन नसकिएको बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*