कोशी प्रदेश सभाको बैठक आज बस्दै

जनपत्र
१५ असार २०८०, शुक्रबार ०७:३०

बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि शुक्रबार बस्ने भन्दै सूचना प्रकाशित भएको हो।

बिहीबार राति साढे ९ बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराएका थिए ।कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम ९३० बमोजिम प्रदेशसभा सदस्यलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा कैठक बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि करिब २ बजेमात्र सुरु भएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि संसद बैठक टार्ने प्रयास गरेको देखिन्छ।

मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनीसमेत बिहीबारको प्रदेशसभा बैठकमै दिएका छन्। विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहने भएपनि सो पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठयारोमा परेका थिए। जसपा नेपालको एक मत रहेको छ।

जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भएपछि उनी विश्वासको मत पाउने बैठकमा अनुपस्थित हुन परेको हो।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*