कश्मीर प्रकरणमा भारतको विरोध गरे मोहन वैद्यले

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:३५

जम्मु–कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयबारे अहिलेसम्म नेपाल सरकार र नेपालका राजनीतिक दलले केही बोलेका छैनन् । तर, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवाद)ले भने भारत सरकारको विरोध जनाएको छ । २१ साउनदेखि तीन दिन चलेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै वैद्य नेतृत्वको पार्टीले भारत सरकारको निर्णयको विरोध जनाएको हो ।

भारत सरकार उपनिवेशबाट मुक्त हुँदै गर्दा कश्मीरका जनतालाई दिइएको विशेषाधिकार खोस्ने निर्णय गलत भएको वैद्यको निष्कर्ष छ । यसले कश्मीरको जनताको कुठाराघात गरेको वैद्य नेतृत्व पार्टीले निर्णय लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*