प्रदेश ३ को मकवानपुर सहितका जिल्लामा सात वटा कवर्डहल

एक निर्वाचन क्षत्र एक कवर्डहल निर्माण गर्ने योजना अनुसार चालु आर्थिक वर्षमा सातवटा कवर्डहल निर्माण गर्न लागिएको हो ।
जनपत्र
२५ श्रावण २०७६, शनिबार ०८:१३

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले खेलकुद क्षत्रमा प्राथमिकताका साथ काम गर्न लागेको छ । प्रदेशको खेलकुल क्षत्रलाई प्राथमिकता दिदै चालु आर्थिक वर्षमा मात्र सात वटा कवर्डहल निर्माण गर्न लागेको छ । एक निर्वाचन क्षेत्र एक कवर्डहल निर्माण गर्ने योजना अनुसार चालु आर्थिक वर्षमा सात वटा कवर्डहल निर्माण गर्न लागिएको प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

प्रदेशको सामाजिक बिकास मन्त्रालयले चालु आर्थिक वर्षमा मकवानपुरको थाहा नगरपालिका, बिदुर नगरपालिका– ९ र चितवनको माडी नगरपालिकामा कवर्डहल निर्माण गर्न लागेको हो । तीन वटा कवर्ड हल निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ सहयोग गर्न लागिएको छ । यी तीनवटा योजना गतवर्षकै भएपनि चालु आर्थिक वर्षमा वजेट थप गरिएको मन्त्रालयले जनाएको छ ।

अरु चार वटा कवर्डहल निर्माण गर्न मागका आधारमा स्थानीय तहको सिफारिसमा कवर्डहल निर्माण गरिने मन्त्री दुलालले बताउनुभयो । चार वटा कवर्डहल निर्माण गर्नका लागि सामाजिक बिकास मन्त्रालयले चार करोड रुपैयाँ चालु आर्थिक वर्षको बजेटमा छुट्याएको छ । यही रकमबाट मागका आधारमा कवर्डहल निर्माण गर्ने योजना रहेको छ । प्रदेश सरकारले एक जिल्ला एक रंगशाला, एक स्थानीय तह एक खेल मैदान र एक निर्वाचन क्षेत्र एक कवर्डहल निर्माण गर्ने योजना ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*