इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

जनपत्र
१ असार २०८०, शुक्रबार ०७:३६

जोसेलुले खेल सकिन दुई मिनेट अगाडि गरेको गोलमा स्पेनले बिहीबार इटालीलाई २–१ ले पराजित गर्दै नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ । उपाधि भिडन्तको अब स्पेनले क्रोएसियाको सामना गर्नेछ ।

यरेमी पिन्टोले स्पेनलाई सुरुआती अग्रता दिलाएपछि इटलीका किरो इमोबाइलले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको भए जोसेलुले निर्णायक गोल गरेका हुन् ।

यो जितपछि स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टेलाई धेरै राहत हुनेछ । गत मार्चमा स्पेन स्कटल्यान्डविरुद्धको खेलमा पराजित भएपछि उनको चर्को आलोचना सुरु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*