सुनवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रष्टीकरण लिइने
संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिने भएको छ । आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको समितिका सदस्य डीपी अर्यालले जानकारी दिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।







