फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार ०७:२९

फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् ।

पेरिसमा गए राति भएको खेलमा चौथो वरीयताका नर्वेजियन खेलाडी कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

उनले ७–६९७–१०, ६–३ र ७–५ को सेटमा रुडलाई पराजित गरेका हुन् ।

योसँगै जोकोभिच तेस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् भने उनको यो कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि हो । योसँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

उनले २२औँ ग्रान्डस्लाम विजेता स्पेनिस स्टार राफेल नाडाललाई पछि पारेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*