फ्रेन्च ओपनको उपाधि एगा स्वाइन्टेकलाई

जनपत्र
२८ जेष्ठ २०८०, आईतवार ०६:४८

विश्व नम्बर एक खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।

गएराति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । एगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।

पुरुषतर्फको उपाधिकालागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*