जसपाले कार्यकारिणी समिति बैठकमा मन्त्रीकाे काम पनि समीक्षा गर्ने
जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकाकारिणी समिति बैठक बस्दै छ ।
पार्टी कार्यालयमा आज दिउँसो १ बजेपछि बस्ने बैठकमा विधान अधिवेशनको तयारीबारे विशेष छलफल हुने छ । यसबाहेक समसामयिक विषयमा पनि छलफल हुने एक नेताले बताए । बैठकमा सरकारमा रहेका मन्त्रीको कामको समीक्षासमेत हुने उनको भनाइ छ ।







