प्रतिनिधिसभाको बैठक आज पनि, बजेटको विषयमै छलफल हुने

जनपत्र
२६ जेष्ठ २०८०, शुक्रबार ०७:०१

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । जारी बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेछन् ।

यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिए । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा आव २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*