प्रदेश ३ को संसदमा मिडिया सेन्टर स्थापना हुँदै

जनपत्र
२३ श्रावण २०७६, बिहीबार ०७:३०

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयले चालु आर्थिक वर्षमा मिडिया सेन्टर स्थापना गर्ने भएको छ । मिडिया सेन्टर नहुँदा प्रदेश सभामा समाचार संकलन गर्ने सञ्चारकर्मीहरुले समस्या भोग्नुपरेकाले मिडियो सेन्टर स्थापना गर्न लागिएको हो । मिडिया सेन्टर नहुँदा अहिले केही संञ्चारकर्मी संसद भित्रको पछील्लो स्थानमा बसेर भिडियो, अडियो, समेत लिन नपाईकन रिपोटिङ गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।

अव सञ्चारकर्मीहरुलाई सरल र सज रुपमा रिपोटिङ गर्न मिल्नेगरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । मिडिया सेन्टर स्थापनाका लागि संसद सचिवालयले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएको छ । यो रकमबाट सुबिधा सम्पन्न मिडिया सेन्टर स्थापना गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*