मकवानपुरको मनहरीमा बोटे समुदायका लागि एकिकृत वस्ती

बोटेका घरलाई होमस्ट्रेका रुपमा बिकास गर्ने मनहरी गाउँपालिकाको तयारी ।
जनपत्र
२२ श्रावण २०७६, बुधबार ११:४६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा निर्माण गरिएको एकिकृत बोटे वस्तिलाई स्थानीय सरकारले होमस्ट्रेका रुपमा बिकास गरेर लैजाने भएको छ । मनहरी गाउँपालिकाको पहलमा स्थापना भएको बोटे समुदायको एकीकृत बस्ति पुरै निर्माण भएपछी होमस्ट्रेका रुपमा बिकास गर्न लागिएको हो ।

रमौलीमा १४ घर बोटे समुदायका लागि १४ वटा घर निर्माण गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उनीहरुका लागि दश धुरका दरले जग्गा उपलव्ध गराएर घर निर्माण गरिदिन लागिएको हो । हाल सम्म पाँच घर निर्माण भईसकेको र अरु घरहरु निर्माणको काम भईरहेको उप्रेतीले बताउनुभयो ।

लोपन्मुख जातीका रुपमा परिचित बोटे समुदायको मुख्य पेसा भनेको माछा मारेर खाने र बिक्री गर्ने हो । मनहरी लगायतका खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएका बोटे समुदायहरुलाई पहिले बस्नकै लागि समस्या भएपनि अव भने त्यो समस्या भने नहुने भएको छ । बोटे समुदायको एकिकृत वस्ति निर्माणका लागि गाउँपालिकाले बितेको आर्थिक वर्षमा २० लाख रुपैयाँ र प्रदेश ३ सरकारले ५० लाख रुपैयाँ सहयोग पछी काम सुरु गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । बोटेहरुको लागि निर्माण गरिएको एकीकृत वस्तिमा एक घरमा तीन वटा कोठा निर्माण गरिने छ । पानी, बिजुली, सौचालय, सडक सबै निर्माण हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*