नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार ०६:२९

नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए।

शनिबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट भने ९ जेठमै पारित भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*