आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

जनपत्र
१० जेष्ठ २०८०, बुधबार ०७:०१

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*