आईपीएल क्रिकेटमा कोलकातालाई १ रनले हराउँदै लखनऊको जीत

जनपत्र
७ जेष्ठ २०८०, आईतवार ०६:१४

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १ रनले हराउँदै लखनऊ सुपर जोइन्ट्सले जितेको छ ।

लखनऊको जीतमा रिंकु सिंहको सानदार ब्याटिङले भूमिका खेल्यो । रिंकुले ६ चौका र ४ छक्का हानेर ३३ बलमा ६७ रनको योगदान गरे ।। रिंकुले ६ चौका र ४ छक्का हानेर ३३ बलमा ६७ रनको योगदान गरे ।

शनिवारको खेल अन्त्यसम्म रोमाञ्चक थियो । शुरूआती ब्याटिङ गर्दै लखनऊले १७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै कोलकाताले लक्ष्य भेट्टाउन सकेन । अन्त्यसम्म खेल्दा कोलकताले ७ विकेटमा १७५ रन मात्रै बनाउन सक्यो ।

यससँगै लखनऊ प्लेअफमा पुगेको छ । यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किङ प्लेअफमा पुगिसकेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*