रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा
म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। साबिक विजेता रियल मड्रिडलाई ४-० ले पराजित गर्दै इङलिस क्लब सिटी फाइनल पुगेको हो।
गएराति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४(० र पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५(१ को जितसहित फाइनल पुगेको हो।
खेलको २३औं मिनेटमा बर्नार्डो सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो। सुरुवातदेखि पाहुना टोलीमाथि हावि भएको सिटीका लागि ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिल्भाले अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। म्यनुयल अकान्जीले ७६औं मिनेटमा गोल गर्दा सिटीले ३(० को अग्रता बनायो। सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गर्दा सिटीले सर्वाधिक १४ पटकको च्याम्पियन मड्रिडमाथि ४-०ले जित सुनिस्चित गर्यो।
जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ।
इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। सिटी दोस्रो पटक फाइनल पुगेको हो।






