आईपीएल क्रिकेटमा चेन्नईलाई ६ विकेटले हराउँदै कोलकाताको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको चेन्नईले कोलकातासामु १४५ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै कोलकाताले ४ विकेट गुमाएर ९ बल बाँकी छँदै लक्ष्य भेट्टायो । जीतका लागि टीम कप्तान नीतीश राणाले ५७ रनको योगदान गरे ।
कोलकाताको शुरूआती ब्याटिङ राम्रो थिएन । ५ ओभरमा ३ विकेट गुमाउँदा कोलकाताको खातामा ३३ रन मात्रै थियो । तर टीमलाई जिताउन नीतीश राणा र रिंकु सिंहको साझेदारीले मुख्य भूमिका खेल्यो । दुवैको साझेदारीबाट ७६ बलमा ९९ रन बनेका थिए ।






