नक्कली शरणार्थी प्रकरण छानबिनमा सरकारले हस्तक्षेप गरे सहयोग गर्दैनौँ : माधव नेपाल

जनपत्र
३१ बैशाख २०८०, आईतवार ०७:०७

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने वाध्यता नरहेको प्रष्ट पार्दै नेपालले कानुन सबैलाई समान रहेकाले उच्च ओहदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ छ।

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए । अहिले पनि नेकपा ब्यूँताउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*