कांग्रेस नेता बस्नेतको निधन

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार १५:००

नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज शुक्रवार आफ्नै निवास सिफलमा निधन भएको हो ।

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले देशमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

विसं २०६२र६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत अहिले जननायक वीपी कोइराला स्मृति ट्रस्टको कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*