सरकारले रोक्यो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार १४:४८

सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गर्दै कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई समेत निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नयाँ लाइसेन्स वितरणबारे संसदमा प्रश्न उठेका कारण तत्कालका लागि रोक्न निर्देशन गरेको हो। अब थप अध्ययन गरेर अघि बढाउने तयारीमा सरकार रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रिया यसअघि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो।

सर्वोच्चले रोक्न नमिल्ने आदेश गरेपछि बोर्डले तीव्रताका साथ प्रक्रिया अगाडि बढाएको थियो।

तीन जनाले आवेदन समेत दिइसकेका अवस्थामा सरकारले नयाँ लाइसेन्स वितरण प्रकृया तत्कालका लागि रोक्ने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*