एमाले केन्द्रीय समिति बैठक : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार ०७:२८

नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ ।

केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*