कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन सुरु हुने
आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुनस् आन्दोलन सुरु हुने भएको छ। आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो।
संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश-१ को नाम कोशी राखेपछि मुख्यतस् किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशितत हुँदै आएका छन ।
यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर बिरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरी गरिने कार्यक्रम सार्बजनिक गरिएको छ ।
जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाईएको छ। यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउनेदेखी कोशी प्रदेश स्तरिय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाइएको छ।







