अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले जिते स्वर्ण

जनपत्र
२४ बैशाख २०८०, आईतवार ०७:०३

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन्।

दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते। दिवसले घरेलु भूमीमा यसअघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेका थिए ।

यस्तै नेपालले थप चार कास्य पदक जितेको छ। ६७ केजीमुनिको तौल समूहमा नवीन रसाईली र राजीव पुडासैनीले कास्य जिते। नवीन १३औं सागका स्वर्ण पदक विजेता हुन् भने राजीव सागका कांस्य पदक विजेता खेलाडी हुन्।

६० केजीमुनिको तौल समूहमा मनिस थापा क्षेत्रीले कास्य जिते। महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जितिन्। शेखर श्रेष्ठ क्वार्टरफाइनलमा अस्ट्रेलियन खेलाडीसँग पराजित भए।

सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोरो स्वर्णधारी विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*