आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लाेर ७ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।
जितका लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
दिल्लीका फिलिप साल्टले सर्वाधिक ८७ रन बनाए । उसका राइली रोसोउ ३५ रनमा अविजित रहे । मिचेल मार्श २६ र डेविड वार्नर २२ रनमा आउट भए ।
बैंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एकरएक विकेट लिए । त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।
बैंग्लोरका महिपाल लोमरोरले अविजित ५४ रन बनाए । उनको आईपीएल क्रिकेटमा पहिलो अर्धशतक हो । विराट कोहली ५५ तथा फाफ डु प्लेसिस ४५ रनमा आउट भए ।
दिल्लीका मिचेल मार्शले २ विकेट लिए । मुकेश कुमार र खलिल अहमदले एकरएक विकेट लिए ।
जितसँगै दिल्ली १० खेलमा ८ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । बैंग्लोर समान खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।
हिजो भएको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको थियो ।एजेन्सी







