रियाल मड्रिडले जित्यो कोपा डेल रे

जनपत्र
२४ बैशाख २०८०, आईतवार ०६:५१

रोडरिगोको दुई गोलप्रेरित रियाल मड्रिडले फाइनलमा ओसासुनालाई पराजित गर्दै स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलको दोस्रो मिनेटमा गोल गर्दै रोडरिगोले रियाललाई अग्रता दिलाएका थिए।

भिनिसियस जुनियरले दिएको पासलाई गोलमा परिणत गर्दै रियाललाई अग्रता दिलाएका रोडरिगोले ७०औं मिनेटमा निर्णायक गोल पनि गरे। त्यसअघि ५८औं मिनेटमा लुकास टोरोले गोल गर्दै स्कोरलाइन १–१ को बराबरीमा ल्याएका थिए।

रियालले सेमिफाइनलमा बार्सिलोनविरुद्ध समग्रमा ४–१ को जितसहित फाइनल यात्रा तय गरेको थियो।

यस्तै, ओसासुनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। रियालले सन् २०१३–१४ को सिजनपछि पहिलो पटक फाइनल यात्रा तय गरेको हो। रियालले पछिल्लो पटक सोही सिजन कोपा डेल रे उपाधि जितेको थियो।

त्यो सिजन रियालले फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै उपाधि जितेको थियो। करिब १० वर्षपछि फाइनलमा पुगेको रियालले २०औं पटक यो उपाधि उचालेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*