आजबाट बजेट अधिवेश सुरु हुँदै : प्रतिनिधसभाको सम्भावित कार्यसूची यस्तो, राष्ट्रियसभाको बैठक पनि बस्ने

जनपत्र
२४ बैशाख २०८०, आईतवार ०६:४९

आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बोलाइएको छ। दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०८०/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्ताव) बाहेक माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठककझ सुरुवातमा सभामुख देवराज घिमिलेर राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन आह्वान भएको पत्रको पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्ति सम्बन्धी पत्रहरुसमेत पढेर सुनाइनेछ।

यस्तै, सभामुख घिमिरेले सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन गर्नेछन्।

आजको बैठकमा कानून, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८०’ पेश गर्नेछन्।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*