पीएसजीद्वारा मेसी दुई साताका लागि निलम्बित
अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना साउदी अरेबियाको भ्रमण गरेपछि उनलाई निलम्बन गरिएको हो ।
फ्रान्सेली लिग वानमा पीएसजी लोरेन्टसँग पराजित भएपछि मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा मेसीले पूरा ९० मिनेट खेलेका थिए । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउनेछैनन् ।
यस्तै उनलाई टिममा अभ्यास गर्न पनि दिइनेछैन । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् । एजेन्सी







