बार्सिलोनाको जितमा यामलको कीर्तिमान

बार्सिलोनाका लागि गोल गर्ने कान्छा खेलाडी बने लामिन यामल
जनपत्र
१७ बैशाख २०८०, आईतवार ०६:५७

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ४–० ले हराएको छ । यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको थियो । यस जितमा क्लबको एकेडेमी उत्पादन लामिन यामलले कीर्तिमान बनाए ।

जुलाईमा भर्खर १६ वर्ष लागेका यामलले बार्सिलोनाका लागि एक गोल गरे र यससँगै उनी क्लबका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १५ वर्ष २ सय ९० दिनको उमेरमा गोल गरेका हुन् ।

शनिबारकै अर्को खेलमा दोस्रो स्थानमा रहेको रियलले आल्मेरियालाई ४–२ ले हरायो र यसमा करिम बेन्जेमाले ह्याट्रिक गरे । यस प्रदर्शनसँगै बेन्जेमा ला लिगा इतिहासमा सर्वाधि गोल गर्ने सूचीको चौथो स्थानमा उक्लेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*