न्युजिल्यान्डमाथि पाकिस्तानको जितमा फखरको शतक

जनपत्र
१७ बैशाख २०८०, आईतवार ०६:५५

फखर जमानले लगातार तेस्रो शतक बनाएपछि पाकिस्तानले दोस्रो वान डेमा शनिबार न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । बायाँ हाते ३३ वर्षीय ओपनरले १ सय ४४ बलमा १ सय ८० रनको नटआउट इनिङ्स खेले ।

उनले त्यसअगाडि न्युजिल्यान्डविरुद्ध नै लगातार दुई शतक प्रहार गरेको थिए । त्यसकैको मदतले पाकिस्तानले ४८.२ ओभरमा ३ सय ३७ रनको लक्ष्य पूरा गरेको हो ।

यससँगै पाकिस्तानले पाँच खेलको वान डे सिरिजमा २–० को अग्रता लिएको छ । त्यस अगाडि न्युजिल्यान्डले ड्यारेल मिचेलको १ सय २९ रनको मदतले पाँच विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*