एसीसी प्रिमियर कप सेमिफाइनल : आज नेपाल र कुवेत आमने-सामने

जनपत्र
१६ बैशाख २०८०, शनिबार ०६:५९

एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ।

यो उपाधि जितेमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। तर समूहको अन्तिम खेलमा कतारसँग फितलो ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुने देखिन्छ।

नेपाल पछिल्ला ९ वटा खेलमा अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो।

नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।

यो प्रतियोगिता जितेमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

आजै हुने अर्को सेमिफाइनलमा ओमान र युएईबीच प्रतिस्पर्धा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*