१७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हरायो

जनपत्र
१६ बैशाख २०८०, शनिबार ०६:५०

एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हराएको छ ।

समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली जोर्डनलाई हराउँदै छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कायमै राखेको छ ।

समूह ‘एच’ को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएमा नेपाल अघिल्लो चरण पुग्ने सम्भावना छ । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*