प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा अटाएन संवैधानिक परिषद्‌सम्बन्धी विधेयक

जनपत्र
१५ बैशाख २०८०, शुक्रबार ०८:००

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत (संसदीय समिति) मा रहेन प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच समितिको नेतृत्वमा भागबन्डा मिलेपछि समितिले पूर्णता पाउन लागेको हो । संवैधानिक परिषद्सम्बन्धी विधेयक भने सम्भावित कार्यसूचीमा हटाएको छैन ।

दलहरूका बीचमा कुरा नमिल्दा संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्भावित कार्यसूचीमै नअटाएको हो । विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा संसद्बाट छिट्टै विधेयक पारित गरेर संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने सहमति भएको थियो । तर, अहिलेसम्म यो विषयमा शीर्ष दलहरूबीच सहमति जुट्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*