१०७ वर्षीया महिला भन्छिन्–धेरै बाँच्नुको रहस्य अविवाहित जीवन

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:५६

न्युयोर्ककी एक १०७  वर्षीया महिलाले आफू लामो समयसम्म बाँच्नुको रहस्य अविवाहित जीवन भएको बताएकी छन् । सन् १९१२ मा हार्लेममा जन्मिएकी लुइस सिग्नोरले बुधबार आफ्नो १०७ औँ जन्मदिन मनाउँदै गर्दा संचार एजेन्सी सिबीएससँग यस्तो उल्लेख गरेकी हुन् । उनको जन्मदिनको समारोहमा १०० भन्दा धेरै अतिथि उपस्थित थिए ।

यसरी अविवाहित रहनुका साथै उनले लामो जीवनका लागि अन्य टिप्सहरु पनि दिएकी छन् । उनका अनुसार सधैँ नाचिरहनाले र व्यायाम गर्नाले पनि उनलाई स्वस्थ रहन धेरै मद्दत गर्यो । त्यसबाहेक उनले आफ्नो दैनिक जीवनमा बिङ्गो पनि खेल्ने गरेकी छन् भने प्रायः इटालियन खाना खान्छिन् । उनले भनेकी छन्, “मैले एक्सरसाइज गर्नैपर्छ । त्यसपछि म एकछिन नाच्छु पनि । अनि खाजा खाएर म बिङ्गो खेल्छु ।” यसरी एकल जीवन बिताउनाले उनलाई लामो समयसम्म जिवित राखेको उनले बारम्बार बताएकी हुन् ।

उनले थप भनिन्, ‘मेरो १०७ वर्ष लामो जीवनको रहस्य भनेको मैले कहिल्यै विवाह गरिन । मेरो विचारमा त्यही नै मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा रह्यो । ” यसरी उनको सो कुरा सनेपछि उनकी बहिनीले आफूले पनि विवाह नगरेको भए हुनेरहेछ भन्दै गुनासो गरेकी हुन् जो अहिले १०२ वर्षकी भइन् ।

उनको परिवार इटलीबाट आएको हुनाले उनले आफ्नो फरक डायटले पनि स्वस्थ रहन सघाएको बताइन् । आफू सोडा र केक नखाएरै हुर्किएको उनको भनाइ छ । मेडिटेरियन खानामा माछा, ओलिभ ओयल, तरकारी अनि अनाज धेरै हुन्छ भने मासु र दुधजन्य खानेकुरा कम समावेश हुन्छ । त्यसैले यसका स्वस्थकर फाइदाबारे उल्लेख गरिएको यो पहिलोपटक होइन । मेडिटेरियन सिमामा रहेका देश, ग्रीस र इटलीका मानिसमा मुटु सम्बन्धी समस्या कम हुने गरेको पाइन्छ जसले नै वृद्ध अवस्थामा मान्छेको मृत्युदर कम गराउने बताइएको छ ।
सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*