उपनिर्वाचन: रास्वपाका रवि लामिछाने ३२ हजारभन्दा बढी मतले अगाडि

जनपत्र
१२ बैशाख २०८०, मंगलवार ०७:४१

उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो पारेको छ।

रास्वपाका रवि लामिछाने ४० हजार ६९ मत पाएका छन्।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ४५७ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३२ हजार ६१२ मतले पछाडि छन्।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मतसहित उनलाई पछ्याइरहेका छन्।

मतगणना जारी नै छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*