स्पानिस ला लिगामा रियल मड्रिडको जित

जनपत्र
१० बैशाख २०८०, आईतवार ०७:०६

स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ ।

शनिवार राति भएको खेलमा रियलका लागि मार्को असेन्सिओले एक गोल गर्नुका साथै एक असिस्ट गरे ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा असेन्सिओले ४२औं मिनेटमा भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे । त्यसपछि असेन्सिओकै पासमा एडर मिलिटाओले ४८औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।

जितपछि रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । रियल अझै लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

बार्सिलोनाले आइतबार घरेलु मैदानमा तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*