इङ्लिस प्रिमियर लिग : लिभरपुलले नटिङ्घम फरेस्टलाई हरायाे

जनपत्र
१० बैशाख २०८०, आईतवार ०७:०२

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हराएको छ ।

लिभरपुलको जितमा डिएगो जोटाले दुई तथा मोहमद सलाहले एक गोल गरे । नटिङ्घम फरेस्टका निको विलियम्स र मोर्गन गिब्स ह्वाइटले एकरएक गोल फर्काए । जितसँगै लिभरपुलले ३१ खेलमा ५० अङ्क जोडेको छ।

लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ । फरेस्ट २७ अङ्क जोडेर १९औँ स्थानमा छ । प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा लेस्टर सिटीले उल्भ्सलाई र फुलहमले लिड्सलाई २–१ गोलले हराएको छ ।

ब्रेन्टफोर्ड र एस्टन भिल्लाले १–१ गोलको तथा एभर्टन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*