च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्यो म्यानेस्टर सिटी

जनपत्र
७ बैशाख २०८०, बिहीबार ०८:२४

इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखसँग १-१ गोलको बराबरी खेले पनि समग्रमा ४-१ को नतिजा निकाल्दै अन्तिम ४ मा स्थान बनाएको हो।

बार्यनको घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा नै पेनाल्टीको मौका पाएको थियो। तर अर्लिङ हालान्डले पेनाल्टी चुकाएका थिए।

बार्यनले घरेलु मैदानमा सिटीविरुद्ध जितका लागि निकै कठिन कमब्याक गर्नु पर्ने थियो। तर बलियो सिटीले दोस्रो हाफमा अग्रता लियो। ५७ औँ मिनेटमा केभिन डि ब्रुएनाको पासलाई हालान्डले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए।

सिटीविरुद्ध जोसुवा किम्चीले ८३ औ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

वार्यनविरुद्ध गोल गरेका हालान्डको यो १२ औँ च्याम्पियन्स लिग गोल हो। कुनै पनि इंग्लिस क्लबका खेलाडीले च्याम्पियन्स लिगको एकै सिजनमा गरेको यो सर्वाधिक गोल हो। उनले जारी सिजन आफ्नो गोल संख्या ४८ पुर्‍याएका छन्।

सिटीले बराबरीसँगै आफ्नो अपराजित यात्रा १५ खेल सम्म पुर्‍याएको छ। पछिल्लो पटक ५ फेब्रुअरी मा टोटेन्ह्यामसँग पराजित भएयता सिटी अपराजित रहेको छ। १५ मध्ये सिटीले ११ खेलमा जित निकालेको छ।

अब सिटीले आगामी साताको आइतबार सेफिल्ड युनाइटेडसँग एफएकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा बुधबार आर्सनलसँग प्रिमियर लिगको भिडन्तमा प्रतिस्पर्धा गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*