गठबन्धनका उम्मेदवारका लागि मत माग्न तनहुँ जाँदै प्रधानमन्त्री प्रचण्ड

जनपत्र
६ बैशाख २०८०, बुधबार ०६:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) तनहुँ जाने भएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न प्रधानमन्त्री तनहुँ जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड गोरखा हुँदै तनहुँ पुग्नेछन्। गोरखा प्रचण्डको चुनावी क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। तनहुँ १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार छन्। नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालै कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले उम्मेदवार छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*