पाँच खेलयता लिभरपुलको पहिलो जित
मोहमद सलाह र डिएगो जोटा दुवैले दुई-दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार लिड्स युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । लिगमा पाँच खेलयता लिभरपुलको यो पहिलो जित हो ।
लिभरपुलका लागि कोडी गक्पो र डारविन नुनेजले पनि एक(एक गोल गरे । लिड्सका तर्फबाट लुइस सिनिस्टेराले एक गोल फर्काए । यो जितपछि योर्गन क्लोपको लिभरपुल४७ अंकमा आठौं स्थाना रह्यो ।
यो सातौं स्थानमा रहेको ब्राइटनसँग एक अंकको दूरी हो । रेलिगेसनबाट बच्न संघर्षरत लिड्स भने २९ अंकमा १६ औं स्थानमा छ ।







