भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, आज काठमाडौं जाँदै
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् ।
सुदूरपश्चिम प्रदेशमा शनिवारदेखि शुरू भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतवार धनगढी पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका छन् ।
चौथाइवालेले सोमवार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमवार नै काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका छन् ।







