नेकपा मकवानपुरको बैठकः ४८ सदस्य जिल्ला सचिवालय

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले जिल्ला सचिवालय सदस्यहरु तोकेको छ । बैठकले ४८ जनाको जिल्ला सचिवालय बनाएको हो । तत्कालिन माओबादी र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागि नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले बताउनुभयो ।
बैठकले एक महिना भित्रमा नेकपाको स्थानीय तह कमिटि निर्माण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । ४८ सदस्य जिल्ला सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओबादीका तर्फबाट तोकिएको छ । आजको निर्णय संगै अवको एक हप्ता भित्रमा जिल्ला सचिवालयको बैठक बस्ने नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले बताउनुभयो ।
तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो । यता माओबादीमा भने ३३ जनाको जिल्ला सचिवालय रहेको थियो । दुबै तर्फबाट आफ्ना सचिवालय सदस्य घटाएर आज निणय गरिएको इन्चार्ज खतिवडाले बताउनुभयो । जिल्ला सचिवालय सदस्यहरु दुबै तर्फका पुरानैलाई प्राथमिकता दिइएको छ ।
यसैगरी मकवानपुरका दशवटै स्थानीय तहमा तत्कालिन एमाले र तत्कालिन माओबादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । तत्कालीन एमालेले ६ वटा स्थानीय तहमा अध्यक्ष पाउने भएको छ भने माओबादीले ४ वटा स्थानीय तहमा अध्यक्ष पाउने निणय गरिएको खतिवडाले बताउनुभयो ।
तत्कालिन एमालेले हेटौंडा उपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलास र गढी गाउँपालिकामा पार्टीको जिमेवारीमा अध्यक्ष पाउने भएको छ । तत्कालिन एमालेले अध्यक्ष पाएको स्थानमा स्वत माओबादीले सचिव पाउने जिल्ला कमिटीको जस्तै निर्णय गरिएको हो ।
यसैगरी तत्कालिन माओबादीले थाहा नगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा पार्टीको अध्यक्षको जिमेवारी पाउने छन् । ती नगरपालिका र गाउँपालिकामा तत्कालिन एमालेले सचिव पद पाउने भएको छ । पहिलेको पार्टी अनुसार भागवण्डा लगाइएपनि ब्यक्ति भने दशवटै स्थानीय तहमा तोकिएको छैन ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको आजको जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्यहरु बिरोध खतिवडा, केदार न्यौपाने, डोरमणि पौडेल, रामेस्वर राना, कुमारी मोक्तान, प्रदेश ३ कमिटीका सदस्यहरु कृष्ण दाहाल, अनन्त पौडेल, प्रलाद लामिछाने, सर्केस घलान, ओम घलान, एकराज उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।
आजको बैठकमा बिप्लप नेतृतव्को नेकपाका नेता ठाकुर सिंह थिङ सहित काग्रेश र बिप्लप माओबादीका गरी ३० जना नेकपामा प्रवेश गरेको अध्यक्ष सिग्देलले बताउनुभयो । पार्टी प्रवेस गरेका ३० जनालाई टिका, खादा ओढाएर स्वागत गरिएको थियो । आजको नेकपा बैठकले बाढी, पहिरो पीडितका लागि तत्काल राहत उपलब्ध गराएर पून निर्माणको काममा योजना बनाएर कार्यान्वयन गर्नका लागि तीनै तहका सरकारको ध्यानाकषर्ण गराइएको छ । यो अभियानमा पार्टीका नेता तथा कार्यकर्ताहरु जुटनका लागि पनि बैठकले आग्रह गरेको छ ।
नेकपा मकवानपुरको आजको जिल्ला कमिटी बैठकले निर्णय गरेको जिल्ला सचिवालय सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।