गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कन्छु : श्रेष्ठ

तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्।
जनपत्र
४ बैशाख २०८०, सोमबार ०७:०१

एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कने बताएका छन्। चुनावी प्रचारको लागि आइतबार दमौली आएका सांसद श्रेष्ठले पार्टीले गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाएकाले तनहुँ आएको बताएका हुन्।

‘म अब चुनावसम्म तनहुँ बस्छु, र त्यसबीचमा तनहुँका धेरै ठाउँमा पुग्छु’सांसद श्रेष्ठले भने,‘गोविन्द जीलाई जिताएर मात्र फर्कन्छु।’

गठबन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले घर साङ्लेले र वन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गरे। यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर ०७९ मंसिरको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलका लागि उनले यो क्षेत्र छाडेर बाराबाट निर्वाचित भएका थिए।

तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा।स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्।अन्नपुर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*