गृहमन्त्री हुँदाको निर्णयलाई लिएर रविविरुद्द अख्तियारमा उजुरी दर्ता

जनपत्र
२ बैशाख २०८०, शनिबार ०७:२२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध फेरी अख्तियारमा उजुरी परेको छ ।

बैशाख १ गते अर्थात शुक्रबार रविविरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत अख्तियारमा उजुरी हालेका हुन् ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ का उम्मेदवारसमेत रहेका रास्वपा सभापति रविविरुद्धको उजुरीमा गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएको आरोप छ ।

त्यस्तै उक्त कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरिएकोकोले सो विषयउपर उजुरी दिइएको उल्लेख छ ।

भण्डारीले दिएको उक्त उजुरी दर्ता भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*