टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै संसदमा एमालेको आपत्ति

जनपत्र
२९ चैत्र २०७९, बुधबार १६:३९

नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए ।

लगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन् । पत्रपत्रिकामा नाम आएको भरमा कुनै पनि सांसदलाई अपराधी करार गर्न नमिल्ने भन्दै प्रमुख सचेतक गिरीले पाण्डेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरे ।

एकीकृत समाजवादीका उपाधयक्ष समेत रहेका सांसद पाण्डेले ‘अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ’ भन्ने आफ्नो भनाइ रहेको भन्दै प्रतिवाद गरे । यस विषयमा सभामुखले भने कुनै निर्णय लिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*